पर्यटकीयस्थल भुजिकोटको प्रचारप्रसारका लागि गीतको सहारा


जानकारी
सबै हेर्नुहोस्


तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित पर्यटकीयस्थल भुजिकोटको प्रचारप्रसारका लागि गीतको सहारा लिइएको हो । दुलेगौँडास्थित शुक्लागण्डकी एफएमका निवर्तमान अध्यक्ष नारायणकुमार श्रेष्ठको शब्द रहेको ‘आउ है भुजिकोट’ को अडियो सार्वजनिक भएको छ ।
गीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै आन्तरिक पाहुनालाई निम्तो दिन गीत सार्वजनिक गरिएको श्रेष्ठले बताए । उक्त गीतमा गायिका अजुदा थापाले स्वर भरेका छन् भने सन्तोष प्रधानले सङ्गीत दिएका छन् ।
