६५ बर्षे इतिहास बाेकेकाे शैक्षिक धराेहर


जानकारी
सबै हेर्नुहोस्


इटहरी / कुनै पनि स्थानकाे पहिचानमा शिक्षाकाे पनि महत्वपुर्ण भुमिका रहन्छ । राम्राे शैक्षिक स्तर भएकाे स्थानकाे पहिचान पनि छुट्टै हुने गरेकाे छ । यस्तै इटहरीमा शैक्षिक पहिचान राख्न इटहरी १ मा रहेकाे श्री राष्ट्रिय माध्यमिक विद्यालयले पनि महत्वपूर्ण भुमिका खेलेकाे छ । तत्कालिन हाँसपाेसा गाविस वाड नं १ मा बि. सं २०१३ सालमा स्थापना भएकाे उक्त विद्यालयले आफ्नाे छुट्टै पहिचान बनाएकाे चर्चा हुने गरेकाे छ । ६५ बर्ष अगाडि आजकै दिन स्थापना भएकाे विद्यालय अहिले सम्म सफल रूपमा संचालन भएकाे छ । ०१३ साल मंशिर १३ गतेबाट तत्कालिन समाजसेवी तथा शिक्षा प्रेमि रामप्रसाद श्रेष्ठ (सस्थापक सेक्रेटरी ), हवाई धामी, सीताराम अधिकारी, अनुपलाल चौधरी, रामबहादुर भट्टराई लगायतको अगुवाइमा विद्यालयकाे स्थापना भएकाे थियाे । तत्कालिन समयमा शिक्षा लिनु पर्छ भन्ने सम्म ज्ञान नभएकाे समयमा शिक्षा प्रेमि अगुबाहरूकाे पहल विद्यालय स्थापना भए पश्चात आसपासका क्षेत्रमा शिक्षाकाे महत्व बढ्दै गएकाे बुझिन्छ ।
