छडको भाउ किलोमै २० रुपैयाँसम्म बढ्यो, सिमेन्ट प्रतिबोरा एक सयसम्म घट्यो

विकास निर्माणको सिजन सुरु भएलगत्तै बजारमा छडको मूल्य अप्रत्याशित महँगिएको छ । पछिल्लो एक महिनामै छडको मूल्य प्रतिकिलो २० रुपैयाँसम्म बढेको व्यवसायीहरू बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ एमएस ब्लेडको मूल्य बढेपछि स्वदेशी बजारमा छडको भाउ बढेको सौरभ समूहका अध्यक्ष विष्णु न्यौपाने बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा ब्लेडको मूल्य प्रतिमेट्रिकटनमा १ सय २० अमेरिकी डलरसम्म बढेको छ ।

‘अन्तर्राष्ट्रिय बजारमै ३६० डलर प्रतिमेट्रिकटन पर्ने ब्लेडको मूल्य बढेर ४८० डलरसम्म पुगेको छ,’ उनले भने, ‘कच्चा पदार्थकै मूल्य ३२ प्रतिशतसम्म बढेपछि डन्डीको मूल्य बढेको हो ।’ सौरभ समूहले लक्ष्मी ब्रान्डमा डन्डी उत्पादन गर्दै आइरहेको छ । उनले थपे, ‘दसैँअघि प्रतिकिलो ६५ रुपैयाँ हाराहारी रहेको लक्ष्मी स्टिल (डन्डी)को भाउ ८० रुपैयाँ पुगेको छ ।’ 

तर, फलामजन्य छड, जिआई वायर, तारजालीको मूल्य अप्रत्याशित बढ्नुमा फलामजन्य वस्तु उत्पादक कम्पनीहरूले कार्टेलिङ गरेको नेपाल निर्माण व्यवसायी महासंघको आरोप छ । महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ ‘अहिले डन्डी, पाता, पत्ती, जिआई तार, ग्याबिन तार र नदीजन्य निर्माण सामग्रीहरूमा अत्यधिक मूल्यवृद्धि गरिएको छ, यसमा उत्पादक कम्पनीहरूको मिलेमतो भएको देखिन्छ ।’

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ