संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूह माइतीघर मण्डलामा भेला

काठमाडौं । संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूह सडकमा निस्किएको छ । नेकपाका शीर्ष नेताहरु माइतीघर मण्डलामा भेला भएका छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सडकमा पुगेका छन् । प्रधानमन्त्रीको कदमको विरोधमा आफूहरु सडकमा आउनुपरेको नेतृ रामकुमारी झाँक्रीले बताइन् । उनले संसद् पुनस्र्थापना नभएसम्म सडकमै रहने बताइन् ।

विद्यादेवी भण्डारी र केपी शर्मा ओलीका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताइन् । उनले आफूहरु पार्टी विभाजन हुनुहुँदैन भनेर लाग्दालाग्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्षकै हर्कतका कारण संविधानको रक्षाका लागि सडकमा आउनुपरेको बताइन् ।

निवर्तनमान मन्त्री शक्ति बस्नेतले नेकपाका दुई तिहाइ सदस्य सडकमा रहेकाले अहिले पार्टीको वैधानिकताका विषयमा बहस गर्नै जरुरी नभएको बताए । उनले प्रधानमन्त्रीले हठात् संसद् विघटन गरेकाले सडकमा आउनुपरेको बताए ।

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ