नेकपा फुट्यो

काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको लामो शक्तिसंघर्षपछि नेकपा फुटेको हो । ओली र प्रचण्ड दुवै पक्षले नेकपामा आफू वैधानिक भएको दाबीका लागि पत्र निर्वाचन आयोगमा पठाएपछि नेकपा फुटेको हो ।

सोमबार नै अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीको जानकारीसहितको पत्र प्रचण्ड पक्षीय नेकपाले निर्वाचन आयोगमा दर्ता गराएको थियो । स्थायी कमिटी सदस्य लिलामणि पोखरेल उक्त पत्र लिएर निर्वाचन आयोग पुगी दर्ता गराएका थिए । आज ओलीमाथि प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठक बसेर पार्टी सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गर्दैछ ।

प्रचण्ड पक्षीय केन्द्रीय कमिटी बैठक बस्नुपूर्व ओली पक्षीय बैठक बालुवाटारमा बसेर अर्को निर्णय गरेका छ । जसमा पार्टी केन्द्रीय कमिटी विस्तार गरी ४४७ बाट ११ सय ९९ पुर्याइएको छ । आजै ५ सय ५६ जना थप गरिएको र बाँकी एक सय ९७ जना पछि थप्ने भनिएको छ । यो निर्णयको पत्र निर्वाचन आयोगमा अध्यक्ष ओलीको हस्ताक्षरसहित पुगेको छ । महासचिव विष्णु पौडेलले यसको माइन्युट गरेका छन् ।

कमजोर भए बामदेव र बादल

प्रचण्ड पक्षले ओलीलाई अध्यक्षबाट हटाएको पत्र निर्वाचन आयोगमा पुगेको भोलिपल्ट ओलीले आफ्नो बहुमत सिद्ध गर्न केन्द्रीय कमिटी विस्तारको निर्णयको पत्र दर्ता गराएका हुन् । यसले नेकपा फुटिसकेको अवस्था छ । तर, नेकपाको वैधानिक अध्यक्ष र कमिटी कुन हुने भन्ने प्रश्न तेर्सिएको छ । यसको टुंगो निर्वाचन आयोगले लगाउनेछ । नेकपाको वैधानिक कमिटी ओली या प्रचण्डमध्ये जस्को हुन्छ उसैको झण्डा र चुनाव चिन्ह हुनेछ । विशेषगरी नेकपाको चुनाव चिन्ह सुर्य लिने प्रतिष्पर्धा चलेको छ ।


राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ