कोशिपारीका विभिन्न स्कुल,वडाकार्यालाय र स्थानीयलाई स्वास्थ्य सामग्री वितरण

Covid-19 Relief Materials Distribute Program-2020

कोशिपारीका विभिन्न स्कुल,वडाकार्यालाय र स्थानीयलाई स्वास्थ्य सामग्री वितरण


काभ्रे । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि सामाजिक अभियन्ता टेकराज मोक्तान तामाङले काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिएका छन् ।


संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मोक्तानले कोशिपारीका विभिन्न स्कुल,वडाकार्यालाय र स्थानीयहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका छन् ।


तामाङ बौंद्ध महासंघ नेपालका केन्द्रीय महासचिव समेत रहेका मोक्तानले जिल्लाको विकट क्षेत्र कोशिपारीको चौरीदेउराली गाउँपालिका वडा न. १ ,२ र ३ नाग्रेको विभिन्न विद्यालय र गाँउ बस्तिमा सरसफाइका सामग्री , सर्जिकल माक्स,साबुन,पानीको बाल्टीन,सेनिट्राइजर,फेसकभर, थर्मल गन, किटानसक र कुनै विषालु वस्तु रोग मार्ने विषाधी,औषधी छर्किने मिसिन, पि.पि.ई सेट लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका हुन्।


उक्त सामाग्री श्री किरणोदय आधारभुत विद्यालयको प्र.अ.मोहोन ढुङ्गेल, श्री गशने आधारभुत विद्यालयको शिक्षक बुद्ध लामा,श्री खाडा देवी उच्च मा.वि.का सहायक प्र• अ• कमल परियार र श्री टासी बाल विकास आधारभुत विद्यालयको शिक्षक बिश्वास मोक्तान लामा र बिद्यार्थीहरुलाई  समाजसेवी मोक्तानद्धारा हस्तान्तरण गरिएको थियो ।


चौरीदेउराली गाउँपालिका वडा न.२ र ३ का वडाअध्यक्षलाई पुर्व जानकारी र निमन्त्रणा गर्दा पनि स्वास्थ्य सामाग्री बुझिलिन अध्यक्ष उपस्थिति नभएर प्रतिनिधि पठाएकोमा सहभागी स्थानीहरुले आक्रोश व्यक्त गरेका थिए । जनप्रतिनिधिले नै जनताको सुरक्षाप्रति खेलवाड गरेको स्थानीय र शिक्षकहरुको गुनासो छ ।


कार्यक्रममा सहभागी सबै विद्यालय र स्थानीयलाई अभियन्ता मोक्तानले जलपान ( खाजा)  र कोरोना सुरक्षा आफुआफु नै गर्नुपर्ने, कोरोना सम्बन्धी नेपाल सरकारबाट जारी सुचना पालन गर्नुपर्ने र आफ्नो परिवारको ख्याल आफैले गर्नु पर्नेमा जोड दिए ।


महामारीको जरजर परिस्थितिमा आफै पनि जोखिम मोल्दै आफुहरु समक्ष स्वास्थ्य सामाग्री, खाजा कफि, जुस लगायत राहत स्वरुप ल्याई सहयोग गरेकामा प्राध्यापक मोहन ढुङ्गेल, श्री टासी बाल किबास आधारभुत विद्यालयको व्यवस्थापक समितिको अध्यक्ष देव सिंह मोक्तान र वडा न.२ का सदस्य शृजना तिमलसिना र स्थानीय बुद्धिमान मोक्तानले मनकारी अभियन्ता मोक्तानलाई धन्यवाद दिएका थिए ।


      यसैगरी, समाजसेवी मोक्तानले यस अभियानमा आफ्नोआफ्नो तवर र ठाउँबाट सहयोग गर्ने सिन्धुपाल्चोक लिसाङ्खु गाउँपालिका निवासी समाजसेवी प्रेमा लामा, हाल अमेरिका बस्ने सुश्री सोनी तामाङ, चौरीदेउराली गाउँपालिका नाग्रे निवासी सागर मोक्तान , रुपा तामाङ, दमरा निवासी श्रीमती बिमला तामाङ र काठमाडौं नयाबस्ति पाटिटार चोकको सम्राट् बेकरीलाई आभारको साथ धन्यवाद व्यक्त गर्दै कोरोनाबाट बच्न सबैले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताए ।


विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमण पछिल्लो समय नेपालमा पनि बढ्दै गएको बताउँदै समाजसेवी मोक्तानले केही महिना अघि देखिनै आफुले सहयोग गरिरहेको र महामारी अझै जारी रहे थप सहयोग गर्ने प्रतिबद्धता व्क्त गरे।कार्यक्रममा स्थानीयबासी ,शिक्षकवर्ग, विद्यार्थीहरु र विभिन्न समुहको सामुहिक सहभागितामा रहेको थियो ।

 टेक राज मोक्तान तामाङ 

           काभ्रे । 

 ९, मं सिर - २०७७

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ