काठमाडौं बुद्ध वचन,म्हाणि मोलाम र जन्मदेखि मृत्यु सस्कार सम्मको छ्योई वितरण


काठमाडौं बुद्ध वचन,म्हाणि मोलाम र जन्मदेखि मृत्यु सस्कार सम्मको छ्योई वितरण


बुद्ध वचन,म्हाणि मोलाम र जन्मदेखि मृत्यु सस्कार सम्मको छ्योई वितरण


काठमाडौं । भुम बुद्ध वचन छ्योई , म्हाणि मोलाम छ्योई र जन्म देखि मृत्यु सस्कार सम्मको छ्योई वितरण गरिएको छ ।


शनिबार विभिन्न गाउँको गुम्बा र म्हाणि समुहको प्रतिनिधिहरुको उपस्तिथिमा स्वयम्भुको तामाङ कुदापको हलमा छ्योई वितरण गरिएको हो ।


आज भन्दा २६ सय वर्ष अगाडी सर्बप्राणी कल्याण हितको लागि बुद्ध स्वयम्को मुखारबाट भारतको वरानासमा पन्च भिच्छ्युलाई दिनुभएको उपदेश र विभिन्न ठाउँमा दिनुभएको धर्म देशनाहरुको संग्रह बुद्ध वचन भुम हो ।


यस बुद्ध वचन भुम पछिलो समयमा गुम्बा , माहाविहार , बौद्ध संग्रलाय, बौद्ध विश्व विद्यालाय , विभिन्न समुह र विभिन्न गाउँ शहरको बस्तिबस्तिमा सामुहिक पुजा पाठ गर्ने गर्दछन् ।


यो बुद्ध वचन भुम पुजा पाठ र दर्शन गर्दा संसारमा रोग, दुख, कष्ठ , माहामारी , भोकमारी आदि नुहुने र सर्बप्राणि हित हुने, जन कल्याणकारी हुने बौद्ध मार्गिहरुका जना विश्वासको साथ १८ प्रकारको नरक र ६ लोकको दुःखहरु भोग्नु नपर्ने जस्तो ज्ञान उपदेशको भण्डार र स्वयम् बुद्धलाई दर्शन गरिएको अनुभुति दिने बुद्ध वचन भुम पाठ गर्दा पाउने फल र पुन्य प्राप्त हुने कार्यक्रमको प्रमुख श्रद्धेय धर्म गुरु लोपेन ङावाङ फुन्छोक लामाबाट प्रवचनको क्रममा आफ्नो भनाइ राख्दै सबै उपस्थिति धर्मवलाम्विहरुलाई दर्शन दिनु भएको थियो।


काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका ३ काफ्ले स्थाई घर भई हाल ललितपुर इमाटोल बस्ने वरिष्ठ समाजसेवी बुद्ध दोर्जे घिसिङ तामाङ र दोरम्बा गाउँपालिका पोडिटारको समाजसेवी मान बहादुर योन्जनबाट विभिन्न जिल्ला काभ्रे, रामेछाप , दोलखा , सिन्धुपाल्चोक, काठमाडौं र ललिपुरको गुम्बा र म्हाणी समुहहरुलाई उहाँहरुबाट प्रकाशन गरिएको बुद्ध वचन भुम , म्हाणि मोलान , म्हिन्डुक्पा लामाछ्योगो र जन्म देखि मृत्यु संस्कार सम्मको पुजा पाठ गर्ने छ्योई श्रद्धेय धर्म लामा गुरु र उपासक उपासिकहरुको सहभागितामा सबैलाई निःशुल्क वितरण गरिएको हो ।


संस्थागत र समुहगत छ्योई चौरीदेउराली ३ काफ्लेको टासी म्हानीपा संघ काभ्रे, पेमा छ्योलिङ गोन्पा पाँच पोखरी ४ योल्मो सिन्धुपाल्चोक , टासी छ्योलिङ गोम्बा सुनकोसी ४ सिन्धुली, डुक ग्याल्वा मिनढुक्पा गुम्बा चौरीदेउराली ९ गोठपानी काभ्रे, दिमिपोखरी म्हाणिपा रामेछाप, ठुलो,सानो वाङथली काभ्रे, बेङगाडी दुसिनी सिपालाय काभ्रे, पोडीटार, थापागाउँ, दर्खा दोरम्ब रामेछाप, इमाटोल म्हाणिपा संघ ललितपुर, स्वायम्भु डुक मानिपा संघ काठमाडौं , कपन म्हाणीप संघ काठमाडौंले लिएको थियो ।


कार्यक्रमको प्रारम्भ साङसेरग्याम , मोलाम र मण्डल पुजा पाठबाट विभिन्न गुम्बाको प्रमुख लामा गुरुहरुको संयुक्त बाहुलीमा म्हार्म्हे प्रज्वलन गरी उद्दघाटन गरिएको थियो ।


कार्यक्रम संचालन तामाङ बौद्ध महासंघ नेपालको केन्द्रीय महासचिव तथा समाजसेवी टेक राज मोक्तानले गर्नुभएको थियो ।

समाजसेवी मोक्तानले बुद्धद्धारा प्रतिबन्धित ज्ञान , उपदेश, मानवजगतको लागि दिएको कुशल र अकुशल कर्म , संशारीरिक जीवनको लागि दिएको शिल समाद्धि आदिको व्याख्या गर्दै वितरण गरिएको छ्योईहरु प्रत्येक व्यक्तिले अध्ययन र पुजा पाठ गर्ने साथै दर्शन गर्ने गराउने र यसको पुन्य लाभको फल सबै प्राणीमा हुने सम्बन्धमा प्रष्ट पार्नुभएको थियो ।


यस नि: शुल्क छ्योई बितरणले समाजमा शान्ति , बौद्ध धर्म प्रति आस्ता , धार्मिक बिश्वास , धार्मिक शिक्षामा उद्प्रेराण हुने , बुद्ध धर्मको बिकास र संरक्षणमा टेवा पुग्ने मोक्तानले बताउनु भयो । 


कार्यक्रममा विभिन्न संघ ,सस्था र श्रद्धेय धर्म गुरुद्धारा निःशुल्क छ्योई वितरण गर्नुहुने बुद्ध दोर्जे घिसिङ तामाङ र मान बहादुर योन्जन तामाङ लाई दोसल्ला र खाताबाट सम्मान गरिएको थियो ।


       स्वायम्भु , काठमाडौं । 

      २९, कार्तिक - २०७७

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ