वालिङ जेसीजको १७ औं पदस्थापना : बिषम परिस्थितीमा युवाशक्ती सजग हुनुपर्छ - नेता गुरुङ

वालिङ :

वालिङ जेसीजको १७ औं पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं संबिधान सभा सदस्य धनराज गुरुङले बर्तमान् बिषम परिस्थितीमा युवा शक्ती सजग र चनाखो हुनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “युवाहरुको सक्रियतता र सजगताले नै नागरिकका अधिकार सुनिश्चित हुन सक्छ ।” 

विधि र पद्धति जेसीजबाट सबैले सिक्नुपर्ने भन्दै नेता गुरुङले युवाहरु अग्रसर हुने हो भने देश बिकास तिव्र गतिमा हुने भनाई राख्नु भयो । 

कार्यक्रममा नेपाल जेसीज वर्ष २०२१ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाईं, भीरकोट नगरपालिकाका नगरप्रमुख छायाराम खनाल,वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँण,चापाकोट नगरपालिका नगरप्रमुख शीव कुमार गिरी,वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख भोजराज अर्याल, वालिङ नगर उपप्रमुख कल्पना तिवारी, वालिङ जेसीजका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद रेग्मी,पोखरा जेसीज वर्ष २०२१ का अध्यक्ष किरण केसी लगायतले बोलेका थिए ।

त्यस्तै नेपाली कांग्रेस स्याङ्जा क्षेत्र ख का सभापति अर्जुन प्रकाश अर्याल,वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनाल,नेकपा वालिङ नगर कमिटी अध्यक्ष राजेन्द्र डुम्रे,नेपाली कांग्रेस माहाधिवेसन प्रतिनिधि गुरु प्रसाद भट्टराई,वालिङ उद्योेग वाणिज्य संघका माहासचिव केसर बहादुर खाँण ,रेडियो आँभीखोलाका अध्यक्ष नेत्र प्रसाद पाण्डे,गल्याङ नगरपालिका १० का वडा अध्यक्ष धुर्व शर्मा पंगेनी,वालिङ ८ का वडा अध्यक्ष कमल प्रसाद सुवेदी लगायतले बोलेका थिए ।

वालिङ जेसीज वर्ष २०२० का अध्यक्ष होमकान्त गौतमले वर्ष २०२१ का अध्यक्ष विश्वास लम्साललाई पदस्थापन गराउनु भएको थियो । 

सो अवसरमा वालिङ,भीरकोट,गल्याङ,चापाकोटका नगरप्रमुखहरु ,वालिङ टेलिभिजन, वालिङ टेलिभिजनका सञ्चालक मणि प्रसाद अर्याल,वालिङ टेलिभिजनका प्राविधिक मोहन सुनार, लगायतलाई सम्मान गरिएको थिया े।

त्यस्तै वालिङ जेसीजका संस्थापक धुर्व शर्मा पंगेनीलाइ वालिङ जेसीजको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

वालिङ जेसीजले विशेष गरि १८ बर्षदेखि ४० बर्षसम्मका युवाहरुलाइ ब्यक्तिको ब्याक्तित्व र नेतृत्व बिकासको लागि त्यस्तै अन्य सामाजिक काम गर्दै आइरहेको छ ।

कार्यक्रममा जेसीजको आस्था पाठ मिना रेग्मीले गर्नु भएको थियो भने जेसिआइ मिसन र भिजन जेसि सन्ध्या गौतमले बाचन गर्नु भएको थियो ।

पहिलो चरणको कार्यक्रममा वर्ष २०२० का अध्यक्ष होमकान्त गौतमको सभापतित्वमा भएको थियो भने दोस्रो चरणमा वर्ष २०२१ का अध्यक्ष विश्वास लम्सालको सभापतित्व र वर्ष २०२१ का महासचिव यज्ञपुरुष रिजालको सञ्चालनमा सम्पन्न भएको थियो त्यस्तै सम्मान् कार्यक्रम अध्यक्षीय सल्लाहकार राधाकृष्ण डुम्रेले सञ्चालन गर्नु भएको कार्यक्रम संयोजक राजु तिवारीले जानकारी दिनुभयो । 


राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ