सयौै रोपनीका मालिक हिमालले बनाए दृष्टिबिहीनलाई घरबारबिहीन

काठमाडौं । ‘घरले जा जा र बन ले आइज आइज’ भन्ने उमेरका एक वृद्धले गोदामचौरका दुबै आँखा देख्न नसक्ने एक व्यक्तिलाई घर न घाटको अवस्थामा पु¥याएको समाचार छ ।

भक्तपुर नगदेश स्थायी घर भई हाल ललितपुरको शिवचोकस्थित नखिपोटमा बस्दै आएका हिमाल चरण प्रधानाङ्गले ललितपुर गोदावरी नगरपालिका वडा नं. १ स्थित मुलपानीका दुबै आँखा नदेख्ने ऋषि सुवेदीको सात रोपनी पाँच आना दुई पैसा जग्गा एक लाख ६५ हजारमा हिमालको छोरा युगल चरण प्रधानाङ्गको नाममा पास गरी एक वर्षभित्र ऋण असुलीपछि जग्गा फिर्ता गर्र्ने सर्तमा लिएका थिए । 

ऋषि सुवेदीले आफ्नो दुबै आँखाको ज्योति गुमेका कारण आँखा उपचार गर्न भनी हिमाचरणसँग सो रकम लिएको ऋषिले बताएका छन् । सुवेदीले आफ्नो आँखा उपचार गर्न सिंगापुर जानुपर्ने भएका कारण आफूसँग त्यति ठूलो रकम नभएकाले हिमाल साहुँसँग सात रोपनी बराबरको जग्गा धितो राखी लिएको स्वीकार गरेका छन् । तर, पछि ऋषिले साँवा र ब्याजसहित हिमाल साहुलाई तिर्न जाँदा अनेक बहाना बनाई उल्टै दुबै आँखा गुमाएका सुवेदीलाई प्रभा गुरुङ नामकी केटीलाई प्रयोग गरी सेटिङ मिलाई केटी बेच्ने दलाल भनी उजुरी हाल्न लगाई पैसाकै बलमा हिमालले ४३ महिना जेल हाल्नसमेत सफल बनेका थिए ।

सुवेदीलाई जेल हालेपछि हिमालले सुवेदीकै श्रीमतीलाई समेत विभिन्न प्रलोभनमा पारी आफ्नो कब्जामा पार्न खोजेका थिए । तर, सुवेदीकी श्रीमतीले हिमालको गिद्दे दृष्टिको चाल पाईपछि हिमालकै सम्पर्कमा बस्न छाडेकी थिइन् ।

हिमालले कानुनी रुपमा आफू बलियो हुने गरी दुबै आँखा गुमाएका सुवेदीको सो जग्गा धितो लिने बेलामा जग्गा पचाउने नियोजित षडयन्त्र रची हिमालकै नजिकका आफन्तलाई साक्षी राखेको देखिन्छ ।

पछिल्लो समय सो जग्गामा दुबै आँखा गुमाएका पीडित ऋषि सुवेदीले उपभोग गर्दै आइरहेको र सुवेदीको पुख्र्यौली घरसमेत रहेको छ । सो घर र जग्गा खाली गराउन भनी हिमाल चरणले ललितपुर जिल्ला अदालत लगनखेलमा फैसला गर्न लगाई गुण्डा प्रयोग गरी घर भत्काउन डोजर लिएर गएका थिए । तर, पछि स्थानीय गाउँलेले हिमालको तानाशाही र हेपाह प्रवृत्तिको प्रतिकार गरेपछि हिमालले लगेको डोजर र गुण्डाहरु फर्किन बाध्य भएका थिए ।

हिमालले सुवेदीसँग धितो लिएको सात रोपनी बराबरको जग्गामध्ये कित्ता नम्बर ३१ र ३२ को तीन रोपनी जग्गा डेढ करोड बराबरको मूल्यमा विक्री गरिसकेका छन् । 

स्मरणीय छ, आफूलाई सुगरको ठूलै रोगी भन्ने हिमाल चरण प्रधानाङ्गले यस्तै सोझासाझालाई विभिन्न प्रलोभन दिई मिटरव्याजमै पैसा लगानी गरी जग्गा धितोभन्दै पास गरी लिने गरेको र पछि फिर्ता नगरेको जग्गामात्रै उनको सयौं रोपनी भएको ललितपुर मालपोतमा उनको नाममा रहेको जग्गा खोज्दा पनि प्रमाणित हुन्छ ।

ललितपुरको चापागाउँ, गोदामचौर, नल्लु, लेले, किटिनीलगायतका ठाउँमा सयौं रोपनी जग्गा आफ्नो र आफन्तको नाममा जोडेको हिमालले बताएका छन् । हदबन्दीको मुद्दा लागेपछि गोदावरीको जग्गा छोरीको नाममा नामसारी गरेको स्वयम् उनले खोजतलाससँग स्वीकार गरेका छन् । हदबन्दीको विषयमा खोजतलासले बुझ्न खोज्दा आफूले अदालतमा सबै सेटिङ मिलाई धेरै नै खर्च गरी हदबन्दी खारेज गरेको स्वीकारेका थिए ।

ललितपुरमा सयौं रोपनी जग्गा हुनुका साथै भक्तपुर स्थायी घर भएका हिमालचरणको नगदेशमा कति जग्गा छ भन्ने लालपुर्जा हेर्नुपर्ने बताए । 

पाटन औद्योगिक क्षेत्रमा श्री विशाल काष्ठ कार्यालयका मालिकसमेत रहेका हिमालले यसैबाट ललितपुरका दक्षिणी भेगका स्थानीयलाई रोजगारी दिलाई पछि उनीहरुकै जग्गा विभिन्न बहाना बनाई धितो लिई पचाएको एक स्थानीयले गु्नासो पोखेका छन् ।


राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ