चिसोमा पक्षघातको जोखिम, रोकथामका लागि यस्ता छन् उपाय

जाडो मौसममा शरीरमा धेरै किसिमका रोगहरुले आक्रमण गर्न सक्छ । चिसो हावाका कारण शरीरमा चिसो लाग्ने, घाँटीको दुखाइ, फ्लुको समस्या, मस्तिष्कको स्ट्रोक र पक्षघात जस्ता रोगहरूको जोखिम धेरै हुने गर्छ । गर्मीमा भन्दा जाडोमा पक्षघातको खतरा बढी हुन्छ । यस्तो अवस्थामा प्रायः बिहान र साँझ घरमै बस्न चिकित्सकहरु सल्लाह दिन्छन् । विशेष गरी बुढेशकाल लागेका र बच्चाहरूलाई घरमै बस्न सल्लाह दिइन्छ । यसबाहेक रक्तचाप र मुटुसम्बन्धी रोगहरू भएका बिरामीहरूलाई चिसो हावाबाट जोगिन सुझाव दिइन्छ ।

विज्ञहरुका अनुसार चिसो हावाका कारण तापक्रम एकदम कम हुन्छ । यसको कारणले गर्दा हाम्रो शरीरका धमनीहरू संकुचन हुन्छन्, जसको कारण रक्तसञ्चार प्रभावित हुन्छ । यस कारण जाडोमा पक्षघातको जोखिम बढी हुन्छ ।

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ