स्याङ्जाको बिरुवा गाउँपालिकाकाे आठौ गाउँसभा सम्पन्न

स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाकाे आठौ गाउँसभा सोमबार सम्पन्न भएको छ । हिउँदे अधिवेशनको रुपमा समेत चिनिने उक्त गाउँसभा बिरुवा गाउँपालिकाको सभाहल बिरुवा बजारमा सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष चुनपदशाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त गाउँसभाको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले गर्नु भएको थियो । गाउसभामा पालिकाका उपाध्यक्ष देवी कुमारी थापाले आ ब ०७७/०७८ को आर्थिक ऐनको रु ४३ करोड ९० लाख बराबरको संशोधित अनुमान पेश गर्नु भएको थियो । गाउँसभा मा बोल्दै बिरुवा गाउँपालिकामा अध्यक्ष चुनाप्रशाद शर्माले बिरुवा गाउँपालिका ले सधैं जनताका माग र आवश्यकता लाइ प्रार्थमिकतामा राखेर काम गरेको बताउनु भयो ।

 यसैगरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले यस आर्थिक वर्षमा गाउँपालिका कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारी श्रृजना लाई प्रार्थमिकता दिई बजेट निर्माण गरिएको र उक्त बजेट कार्यान्वयनको चरणमा रहेको पनि बताउनु भयो । साथै उहाँले बजेट कार्यान्वनयको क्रममा सम्पूर्ण जनप्रतिनिधि तथा जनताहरूको रचनात्मक सहयोग आवश्यक पर्ने समेत बताउनु भयो । कार्यक्रममा वडा न ८ का वडाध्यक्ष प्रकाश थापा , वडा न ६ का वडाध्यक्ष कृष्ण क्षत्री , वडा न १ का वडाध्यक्ष युवराज केसी लगायत ले मन्तव्य व्यक्त गर्नु भएको थियो । गाउसभाले बिरुवा गाउँपालिका वातावरण संरक्षण ऐन समेत अनुमोदन गरेको छ । यसैबीच वडा नं ३ को केन्द्र राङ्भाङबाट खाली भन्ने स्थान मा सार्ने निर्णय पनि पारित भएको छ।


राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ