गोकुल बाँकोटा टेप प्रकरणका विजयप्रकाश मिश्र जापान फर्किएपछि…


जानकारी
सबै हेर्नुहोस्


तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टेप प्रकरणमा जोडिएका विजयप्रकाश मिश्र फेरि जापान फर्किएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाँस्कोटाले घुस मागेको भनिएको टेपबारे उजुरी परेपछि उनलाई प्रमाणका लागि उपस्थित हुन भनिएकोमा उनी नेपाल आएपनि फर्किएका हुन् ।
मिश्रले बाँस्कोटालाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घुस दिनका लागि भनी गरेको बार्गेनिङको टेप सार्वजनिक गरेका थिए । ७० करोड रुपैयाँको कमिसनको बार्गेनिङ भएको उक्त टेप मिडियामा आएपछि बाँस्कोटाले राजीनामा दिएका थिए । त्यसपछि उक्त घटनामाथि अख्तियारले छानविन अगाडि बढाएपनि प्रमाणका लागि बारम्बार डाक्दा पनि मिश्र नपुगेको जनाउँदै आएको छ ।
