डिसेम्बर फल्स’ मा आर्यन र उपासनाको जोडी


जानकारी
सबै हेर्नुहोस्


निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’ को हिरोइनमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । केही समयअघि एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन् । त्यतिबेला निर्माण पक्षले स्क्रिप्टको मागअनुसारको हिरोइनको खोजी जारी रहेको बताएको थियो । अन्ततः मंगलबार ‘डिसेम्बर फल्स’ मा उपासना भित्रिएकी हुन् ।
भुवन केसीको ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी उपासनाले त्यसपछि रामबाबु गुरुङ निर्देशीत ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनय गरेकी थिइन् । अभिनीत दुवै फिल्मबाट उपासनाले तारिफ पाइन । उपासनालाई पछिल्लो समय आधा दर्जन बढी फिल्मको अफर गएको थियो । जसमध्ये उनलाई स्क्रिप्ट र टिम मन परेकाले ‘डिसेम्बर फल्स’ साइन गरेको बताइएको छ ।
