सस्तो फाइभजी फोन भिभो वाई ५२ एस सार्वजनिक


जानकारी
सबै हेर्नुहोस्


काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोले मिड रेञ्जमा आफ्नो पछिल्लो नयाँ फाइभजी स्मार्टफोन भिभो वाई ५२ एस सार्वजनिक गरेको छ । ८ जीबीसम्मको र्याम भएको यो फोनमा ४८ मेगापिक्सेलको क्यामेरा तथा डुअल इन्जिन फास्ट चार्जिङ लगायतका आकर्षक फिचर रहेका छन् ।
कम्पनीले सस्तो मूल्यका साथ ल्याएको यो फाइभजी फोन हाललाई चीनमा सार्वजनिक गरेको हो । यसको सुरुवाती मूल्य १५९८ यूआन रहेको छ । चीनमा यसको बिक्री १२ डिसेम्बरदेखि हुनेछ ।
कम्पनीले यो फोन नेपालमा समेत चाँडै सार्वजनिक गर्ने आशा गरिएको छ । भिभो वाई ५२ एसको स्पेसिफिकेसनः फोनमा १०८० बाई २४०८ पिक्सेल रेजोलुसनका साथ ६.५८ इन्चको फुल एचडी प्लस डिस्प्ले राखिएको छ ।
