त्रिदेशीय कपको उपाधि नेपाललाई, बंगलादेश २-१ ले पराजित


जानकारी
सबै हेर्नुहोस्


काठमाडौं : ‘त्रिदेशीय कप’ फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
सोमबार बेलुकी दशरथ रङ्गशालामा भएको फाइनलमा बंगलादेशलाई २/१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालका लागि खेलको १८ औं मिनेटमा संजोग राईले तथा ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २/० ले अग्रता दिलाएका थिए ।
तर खेलको ८३ औं मिनेटमा बंगलादेशले एक गोल फर्काएको थियो ।
नेपालले ३७ वर्षपछि बंगलादेशलाई दशरथ रङ्गशालामा फाइनलमा पराजित गर्दै उपाधि जितेको हो ।
संजोग म्यान अफ द फाइनल बन्न सफल भएका छन् ।
यो जितसँगै नेपालले पछिल्लो अन्तर्राष्ट्रिय सात खेलमा गर्न नसकेको गोलको खडेरीसमेत पुरिएको छ ।
जितसँगै नेपालले ट्रफीसहित पाँच हजार अमेरिकी डलर जितेको छ । विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नुभयाे ।
यसै खेलबाट नेपालका सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।
उनले कप्तानी ब्याण्डबाटै संन्यास लिने अवसर पाए ।
किर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश ४ अंकसहित लिगको विजेता बन्दै र नेपाल २ अंकसहित उपविजेता बन्दै फाइनलमा पुगेको थियो ।
नेपालले दुबै टिमसँग गोलरहित बराबरी खेलेको थियो भने बंगलादेशले किर्गिस्तानलाई १/० ले हराएको थियो ।
