स्याङ्जाका पत्रकार श्रीकृष्ण सिग्देललाई मातृ शोक ।

वालिङ : स्याङ्जाका क्रियाशिल पत्रकार तथा प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष श्रीकृष्ण सिग्देललाई मातृशोक परेको  छ । सिग्देलकी आमा ढाकाकुमारी सिग्दलको ८२ बर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । स्वर्गीय सिग्देल प्रेस युनियन स्याङ्जाका बर्तमान् अध्यक्ष प्रदिप कोईरालाकी मावली हजुरआमा समेत रहनु भएको छ । 

स्वर्गीय ढाकाकुमारीको अर्जुनचौपारीको आरुचौर स्थित आफ्नै घरमा सोमवार बिहान निधन भएको परिवारले जनाएको छ । उहाँको आजै मोदिघाटमा अन्तिम संस्कार गरिने बताईएको छ ।

यसबीच पत्रकार श्रीकृष्ण सिग्देललाई परेको मातृशोक प्रति पत्रकार महासंघ स्याङ्जा, प्रेस युनियन स्याङ्जा,प्रेस चौतारी स्याङ्जा, प्रेस सेन्टर स्याङ्जा लगायतले समवेदना प्रकट गरेकाछन् । 

पत्रकार महासंघ स्याङजाका अध्यक्ष ओम प्रकाश शर्मा, प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोईराला, प्रेस चौतारीका अध्यक्ष मुक्ति प्रसाद न्यौपाने, प्रेस सेन्टरका अध्यक्ष प्रतिक्षा काफ्ले लगायतले स्वर्गीय आत्माको चीर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । 

स्वर्गीय सिग्देलका ६ भाई छोरा र ४ छोरी रहेकाछन् । 


राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ