नेपालमा कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७५ हजार पाँच सय १८ पुग्याे

काठमाण्डाै : पछिल्लो २४ घण्टामा नेपालमा थप ९४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

२७ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि भएको र अहिलेसम्म नेपालमा कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७५ हजार पाँच सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ५५ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार पाँच सय ५० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण  तीन हजार १४ जनाले ज्यान गुमाएका छन् । 

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ