सन्दीपले २०२१ को आईपीएल खेल्न नपाउने

काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछानेले २०२१ को इंडियन प्रिमियर लिग (आईपीएल) खेल्न नपाउने भएका छन् ।

चेन्नईमा बिहीबार भएको खेलाडीको बोलकबोल (अक्सन) मा उनलाई कुनै पनि टीमले अनुबन्ध गर्न तयार नभएपछि उनले २०२१ को आईपीएल खेल्न नपाउने भएका हुन् ।

आधारभूत मूल्य ४० लाख भारु राखेका सन्दीपले यसअघि आईपीएलको तीन सिजन खेलिसकेका छन् । तीन सिजन नै दिल्ली क्यापिटल्सबाट खेलेका उनले ९ खेलबाट १३ विकेट लिएका थिए ।

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ