ब्यवसायीलाई मालबस्तु तथा ढुवानी साधन अनुगमन प्रणाली सम्बन्धी अन्तरक्रिया


जानकारी
सबै हेर्नुहोस्


भवानी अधिकारी/स्याङजा :
स्याङजाका उद्योग तथा ब्यापार ब्यवासायीलाई लक्षित गर्दै मालबस्तु तथा ढुवानी साधन अनुगमन प्रणाली सम्बन्धी शुक्रवार स्याङजा सदरमुकाममा अन्तरक्रिया सम्पन्न भएको छ ।
स्याङजा जिल्ला उद्योग वाणिज्य संघ र राजश्व अनुसन्धान कार्यालय बुटवलको संयुक्त आयोजनामा अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियाको उदघाटन गर्दे नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बिक्रान्तकुमार श्रेष्ठ सुवर्णले आफना ब्यवसायको दायरा बमोजिमका कर तथा राजश्व राज्यलाई तिरेर स्वच्छ ब्यवसायी बन्नु पर्ने बताउनुभयो । हामी ब्यवसायी कर तिर्नका लागि तयार छौं र तिर्दै आएको पनि बताउदै उहाले नियत र नियतीलाई राज्यले बुझ्नु पर्नेमा उहाको भनाई थियो ।
कार्यक्रममा राजश्व कार्यालयका अनुसन्धान अधिकृत धनेश्वर अर्यालले मालबस्तु तथा ढुवानी साधन अनुगमन प्रणाली सम्बन्धी कार्यपत्र पस्तुत गर्दे ब्यवसायी प्रयोजनका लागि प्यान र भ्याटमा दर्ता भएका सबै ब्यवसायी यस प्रणाली अनुरुप काम गर्नुपर्ने बताउनुभयो । अनलाईन मार्फत आफना सामानको विवरण सूचित गर्दै आफना ब्यवसायलाई पारदर्शि बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष नवराज सुवेदी, पूर्व द्धिद्धिय उपाध्यक्ष श्यामकाजी अभिकारी डिलर एशोसियशनका अध्यक्ष खिमानन्द पराजुली लगायतले ब्यवसायीले आफुलाई प्राबिधिक कुरामा जानकारी गराउदै समयानुसार अघि बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।
उद्योग वाणिज्य संघ स्याङजाका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत तृतीय उपाध्यक्ष सुनिता पौडेलले धन्यवाद एवं महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभएको थियो।
