बालुवाटारमा सर्वदलीय बैठक सुरू

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरू भएको छ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति रहेको छ ।
बालुवाटार स्रोतका अनुसार बैठकमा राजावादीहरुले गरेको पछिल्लो आन्दोलनका विषयमा छलफल हुने छ । राजावादीहरुले केही समय यता काठमाडौंसहित देशका मुख्य सहरहरुमा प्रदर्शन गर्दै आएका छन् ।

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ